सल्यानमा एक हुँडार बाघ मृत अवस्थामा भेटियो

४ असार २०८०/ टिकाराम भण्डारी

सल्यानमा एक हुँडार बाघ मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाको जंगलमा पासोमा परेको हुँडार मृत अवस्थामा फेला परेको हो ।

छत्रेश्वरी गाउँपालिका कल्लेखोलामा गधै बाघ मृतअवस्थामा फेला परेको छत्रेश्वरी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले बताउनु भयो ।उहाँले सोमबार बिहान आफु मर्निङ वाकमा निस्केको बेला गधै बाघलाई मृत अवस्थामा फेला परेको बताउनु भयो ।उहाँले कस्ले पासो थाप्यो भन्ने बारे पत्ता नलागेको र पासोमा परेर मृत अबस्थामा रहेको गधै बाघलाई छत्रेश्वरी सव डिभिजन वन कार्यलयमा पुर्याइएको बताउनु भयो ।

स्थानिय तहका जनप्रतिनिधि, डिभिजन बन कार्यालय सल्यान, छ्त्रेस्वरी सब डिभिजन वन कार्यलय लान्ती, प्रहरी चौकी भोटेचौरका प्रतिनिधि तथा पत्रकार लगायतका रोहबरमा मृत गधै बाघलाइ अन्त्यष्टी गरिएको थियो ।

जिल्लामा यस अघि पनि विभिन्न समयमा हाइना भनेर पनि परिचित गधै बाघ घाइते अवस्थामा फेला परेका थिए । जंगली जनावरबाट बच्न स्थानियले पासो थाप्ने र त्यसमा गधै बाघ परेको हुन सक्ने वन कार्यालयका कर्मचारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस