३ असार २०८०/ योगराज बिश्वकर्मा
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
जिल्लाको बागचौर नगरपालिका वडा नं.११ बाफुखोला हिलेखर्कमा भएको ट्याक्टर दुर्घटनामा परि कुमाख गाउँपालिका वडा नं.६ बडागाउँका अन्दाजी २३ बर्षिया चालक नेप बहादुर केसी घाइते भएका हुन ।
आइतबार दिउसो वडा नं.११ हिलेखर्क भित्री सडक खण्डमा उक्त दुर्घटना भएको र दुर्घटनामा परि चालक बेहोस अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।घटना स्थलमा प्रहरी पुगी बेहोस अवस्थामा रहेका चालक लाई उपचारका लागी थारमारे पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ट्याक्टर सडक देखि करिव ५/६ मिटर मुनि खसेको,ट्याक्टर दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी साहयक निरीक्षक तथा सुचना अधिकारी सन्तोष खनालले बताउनु भएको छ ।