सल्यानमा सहकारी ब्यबस्थापन सम्बन्धि पाँच दिने तालीम सम्पन्न

३१ जेठ २०८०/ टिकाराम भण्डारी

सल्यानको छत्रेश्वरी गाउँपालिकामा सहकारी ब्यवस्थापन सम्बन्धि तालीम सम्पन्न भएको छ ।

 

डेभलपमेन्ट सोसाइटी नेपाल सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा भएको ५ दिने तालीमको समापन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजवहादुर बुढाथोकीले गाउँपालिका भित्रका सहकारीलाई ब्यवस्थापन गरेर उत्पादनमा जोड दिने बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बुढाथोकीले सहकारी संग सहकार्य गरेर किसानको उत्पादनलाई वृद्धि गर्ने बताउनु भएको हो।उहाँले किसानले उत्पादन गरेका कृषिजन्य बस्तुलाई निर्यातमा सहज गराउनको लागी पाँच दिने तालिम प्रभावकारी बन्ने बताउनु भएको छ ।

 

सहकारी ब्यवस्थापन सम्बन्धि तालिमको आयोजना गर्नुको मुख्य उधेश्य भनेको सहकारीलाई ब्यवस्थापन गरेर किसानलाई उत्पादन मुखि गराउनु रहेको डेभलपमेन्ट सोसाइटी नेपाल सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डीसीले बताउनु भएको छ ।उहाँले पाँच दिन सम्म संचालन भएको तालिममा सहभागी प्रशिक्षार्थीहरु लाई सिकेका कुरा आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट लागु गर्न आग्रह गर्नु भएको हो ।


जेठ २८ गते देखि संचालन भएको उक्त तालिममा गाउँपालिका भित्रका १२ वटा सहकारी २० जना अध्यक्ष र प्रवन्धकको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस