सल्यानका सामुदायिक बिधालयहरुमा संवाद कार्यक्रम संचालन

 ३० जेष्ठ २०८०/ टिकाराम भण्डारी
सल्यानका सामुदायिक बिधालयहरुमा बिधालय स्तर संवाद कार्यक्रम सुरुवात गरिएको छ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको,रोगथाम ,नियन्त्रण,निदान र उपचार सम्बन्धि संवाद कार्यक्रम सुरुवात गरिएको हो ।
बुधबार दुइ छुटाछुटै बिधालयमा भएको संवाद कार्यक्रममा करिब २ सय बिद्यार्थीलाई प्रशिक्षण दिइएको थियो । त्रिभुवन जनता माध्यामिक बिधालय छत्रेश्वरी ६ भोटेचौरमा भएको कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष टिकाराम बुढाले कार्यक्रम प्रभावकारी भएको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाले धूम्रपान तथा सुर्तीजन्य पदार्थले समाजलाई असर पार्दै गरेको र यसको निराकरण गर्नको सरोकारवाला निकायहरु लाग्नु पर्ने बताउनु भएको छ ।बुढाले बिधालयमा गरेको कार्यक्रमले समाजका बिभिन्न भागमा सचेतना फैलन समेत सहज हुने बताउँनु भएको छ ।
त्रिभुवन जनता माध्यमिक बिधालय भोटेचौर र शारदा माध्यमिक बिधालय शंखमुलमा भएको कार्यक्रममा बोल्दै,डेभलपमेन्ट सोसाइटी नेपाल सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले, धूम्रपान पान तथा सुर्तीजन्य पदार्थले पार्ने असर र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने उधेश्यले आफुहरुले उक्त कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।उहाँले कक्षा ९ र १० का बिद्यार्थीहरु संग उक्त संवाद कार्यक्रम संचालन गरेर दृर्घकालिन रुपले सकारात्मक सन्देश समाजमा फैलाउन सहयोग पुग्ने बताउनु भएको छ ।
सहभागी बिद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी सहायक निरीक्षक घनश्याम सुनार र सिएमसी नेपालकी मनोसामाजिक परामर्शकर्ता,गीता पहाडीले धूम्रपान तथा सुर्तीजन्य पदार्थले मानवजिवनमा पार्ने असर र त्यस्को प्रभाव बारे कक्षा संचालन गर्नु भएको थियो । डेभलपमेन्ट सोसाइटी नेपाल सल्यानको आयोजना र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालय काठमाण्डौको सहयोगमा भएको उक्त कार्यक्रममा प्रहरीचौकी भोटेचौरका प्रमुख शसिराम जैसी,प्रहरी हवल्दार रामवचन यादव,बिधालयकी शिक्षिका रमा रेग्मी,खेमराज केसी,डेभलपमेन्ट सोसाइटी नेपालकी सचीव तुलसा रावत, लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस