२५ जेष्ठ २०८०/ सल्यान
सल्यान बागचौरका डिल्ली राज डाँगीलाई उपचारको लागी आर्थिक सहयोग जुट्न थालेको छ ।
केहि महिना यता छातिको क्यान्सर बाट थलिएका बागचौर नगरपालिका वडा नं.३ थाराचौरका,डिल्ली राज डाँगीको उपचारको लागी आर्थिक रकम संकलन हुन थालेको हो ।
२५ बर्षिया डाँगीलाई छातिको क्यान्सर भएको र उनलाई तत्काल अप्रेसन गर्नु पर्ने भएको, तरआर्थिक अवस्था कम्जोर भएकाले सहयोग रकम संकलन गर्न लागीएको सहयोग अभियानमा जुटेका हिमाल भण्डारीले बताउनु भएको छ ।
भण्डारीका अनुसार डाँगी घरको जिम्मेवारी बोकेका छोरा भएको र उनि बिरामी परे लगतै पारिवारिक अवस्था झन कम्जोर बन्दै गएको छ ।६५ बर्ष माथिका बृद्व आमा बुबा जोर्नि रोगको बिरामी,भाई पुर्ण रुपमा शारीरिक अशक्त र ६ बर्षिया नाबालिक छोरी लाई पालन पोषणको जिम्मेवारी बोक्दै आएका डाँगी आफै क्यान्सरको सिकार बन्दै आएपछि पिडामा झन,पिडा थपिएको भण्डारीले बताउनु भएको छ ।
भण्डारीले डाँगीको उपचारको लागी स्वैच्छिक रुपमा आर्थिक सहयोग गरि दिन सवैलाई आग्रह गर्नु भएको छ ।उहाँले आर्थिक सहयोग गर्ने ब्यक्तिलाई डिल्ली राज डीसीको नेपाल बैंक लिमिटेड बागचौरमा रहेको खाता नं.२४७०१००७५१०३५१०००००१ र
ग्लोबल आइएमइ बैंकको खाता नं.P ३०७०१०००२२८६ र मोबाइल बैंक ९८२२९८६९४१मा जम्मा गरिदिन आग्रह गर्नु भएको छ ।
साथै बिरामीको उपचारको लागी सहयोग गरिदिन बागचौर नगरपालिका वडा नं.३ ले समेत सिफारिस दिएको छ ।वडा अध्यक्ष भिम प्रकाश भण्डारी द्वारा हस्ताक्षरित सिफारिसमा डिल्ली राज डाँगी लामोसमय देखि क्यान्सर रोगबाट ग्रसित भइ निरन्तर भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत रहेको र हाल अप्रेसन गर्नु पर्ने भएकोमा निजको घरको आर्थिक अवस्था कम्जोर भएकाले उपचारमा समस्या भएको हुँदा सक्दो आर्थिक सहयोग गरिदिन सिफारिसमा उल्लेख गरिएको छ ।