सल्यानमा सामुदायिक बिधालय कर्मचारी आन्दोलनमा

२४ जेष्ठ २०८०/ सल्यान

सल्यानका सामुदायिक विद्यालयमा कार्यरत बिद्यालय कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।आइतबार देखि राष्ट्रिय कार्यक्रम अन्तरगत शिक्षा विकास तथा समन्वय इकाई सल्यानको परिसरमा बिद्यालय कर्मचारीले धर्ना सुरु गरेका हुन ।सरकारले हाल उपलब्ध गराउदैँ आएको सेवासुविधा बृद्धिको माग गर्दै आफुहरुले आन्दोलन सुरु गरेको नेपाल बिद्यालय कर्मचारी परिषद् सल्यानले जनाएको छ ।

 

गत भदौँमा संघिय सरकारसँग बिद्यालय कर्मचारीको सेवासुविधा बढाउने सम्बन्धमा भएको लिखित सम्झौताको सरकारले पालना नगरेको भन्दै आफुहरुले आन्दोलन सुरु गरेको नेपाल बिधालय कर्मचारी परिषद सल्यानका जिल्ला अध्यक्ष मदन बस्नेतले बताउनु भएको छ । बस्नेतले बिद्यालय कर्मचारीको तलव बढाउने सम्बन्धमा भदौँमा सम्झौता हुदा आगामी आर्थिक बर्षको वजेटमा सम्बोधन गर्ने सहमति भएपनि हालै सार्वजनिक गरिएको वजेटमा तलव बृद्धि नभएकोले आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताउनु भयो ।
उहाँले आफुहरुले न्यूनपारिश्रमिकमा काम गर्दै आएको र त्यसले अहिलेको समयमा आधारभूत आवश्यता नै पुरा गर्न समस्या भएकाले तलव बृद्धिको माग गर्दै सम्बन्धित निकायमा धर्ना दिनु पर्ने अवस्था आएको बताउनु भयो ।

यस्तै सरकारले आफ्नो मागको बेवास्ता गरेकाले जेठ २६ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना गर्ने,जेठ २७ गतेदेखी असार १ गतेसम्म काठमाण्डौँमा अनसन बस्ने र माग सम्बोधन नभए त्यसपछि अनिश्चित कालिन बिद्यालय बन्द गर्ने नेपाल बिधालय कर्मचारी परिषद कर्णाली प्रदेश सचीव दोर्ण कुमार शर्माले बताउनु भएको छ । सल्यानमा करिब ५ सय बिद्यालय कर्मचारी रहेको र आफुहरु एकै साथ आन्दोलनमा उत्रिएको सचीव शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस