सुचनाको हक प्रबर्द्धनका लागी सचेतना कार्यक्रम सम्पन्न

२३ जेष्ठ २०८०/सल्यान

सल्यानमा सूचनाको हक प्रबर्द्धनका लागी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार सल्यान खलंगामा भएको एक दिने सचेतना कार्यक्रममा बोल्दै, कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले,लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढीकरण गर्न सूचनाको हक अनिवार्य भएको बताउनु भएको छ ।लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढीकरण गर्न आम नागरिक स्तरमा सूचनाको पहुँच वृद्धि हुनु अपरिहार्य भएको उहाँको भनाइ रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले,नागरिकको मौलिक अधिकारका रुपमा सूचनाको हकलाई नेपालको संविधानमै व्यवस्था गरिएको हुँदा यो नागरिकको संवैधानिक अधिकार समेत मानिएको बताउँनु भएको थियो ।

यस्तै कार्यक्रमका विशेष अतिथि शारदा नगरपालिकाका नगर प्रमुख
प्रकाश भण्डारीले सुचनाको हक प्रबर्द्धनका लागी सरोकारवाला निकायहरू तदारुकताका साथ लागी पर्नु पर्ने बताउनु भयो ।उहाँले नागरिकको मौलिक हक अन्तर्गत राखिएको उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुने बताउनु भएको थियो ।

यस्तै नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उदय जिएमले
सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरेर बाहिर ल्याइएका सूचनाबाट
नेपालमा ठुला ठुला परिवर्तन भएको बताउनु भयो, उहाँले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएका सबै सार्वजनिक महत्त्वको काम कारबाही, सूचनाको हकसम्बन्धी ऐन, २०६४ले समेटेको बताउनु भयो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन,दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी,छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसी,त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत,शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा,बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा डीसी ( वली) शिद्व कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत,त्रिवेणी गाउँपालिका उपाध्यक्ष सिता पुन लगाएतले आफ्नो स्थानीय तहमा सुचनाको हक प्रबर्द्धनका बिषयमा भैरहेका गतिविधिको बारेमा जानकारी दिनु भएको थियो ।यस्तै प्रमुख जिल्ला अधिकारी बेद प्रशाद खरेलले जिल्ला प्रशासन कार्यालय सल्यान र अन्य सरकारी कार्यालयले पारदर्शी तरिकाले सुचनाको हक प्रबर्द्धनका क्षेत्रमा काम गरिरहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ सल्यानको आयोजना,राष्ट्रिय सूचना आयोगको समन्वयमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले कार्यक्रमको उधेश्य बारे प्रष्ट पार्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षता,उपाध्यक्ष सरीता चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दिपेन्द्र शर्मा,पालिका तथा अन्य कार्यालयका सुचना अधिकारी तथा कार्यालय प्रमुख,पत्रकार नागरिक समाज लगाएत सरोकारवाला निकायको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सल्यानका सचीव टिकाराम भण्डारी( दिपसागर) ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस