१९ जेष्ठ २०८०/सल्यान
सल्यानको दार्मा गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
वडाका विभिन्न टोलबस्तिबाट पालिकामा रहेको बैङ्कसम्म आउन जटिल समस्या रहेका त्यस्ता नागरिकहरूको समस्यालाई मध्यनजर गर्दै, ज्येष्ठ नागरिक, अशक्त , अपाङ्गता भएका नागरिकलाई सम्बन्धित वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।
दार्मा गाउँपालिका र नविल बैंक दार्मा शाखाको सहकार्यमा,सबै वडाहरूका,ज्येष्ठ नागरिक , अशक्त र अपाङ्गता रहेका करिब एक हजार बढिलाई सुरक्षा भत्ता वितरण गरिएको दार्मा गाउँपालिका सल्यानले जनाएको छ ।
आफ्नै वडामा सामाजिक सुरक्षा भत्ता बुझ्दा पाउदा स्थानीयहरु खुसी भएको दार्मा गाउँपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत रेशम वलीले बताउनु भएको छ ।उहाँले गाउँपालिका संग सहकार्य गरी उक्त कार्यक्रम सफल बनाउने नविल बैंक शाखा दार्मा,इलाका प्रहरी कार्यालय दार्मा लगाएत सहयोगी सवैलाई धन्यवाद दिनु भएको छ ।