सल्यानमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने

१८ जेष्ठ २०८०/ सल्यान

सल्यानमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।


नेपाल पत्रकार महासंघ सल्यानको आयोजना,सूचना बिभाग र पत्रकार महासंघ केन्द्रको समन्वयमा सुचनाको हक सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।

जेष्ठ २२ गते विहान ८ बजे देखि सल्यान खलंगा सुलभ होटेलमा हुने अन्तरक्रिया कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख,उप प्रमुख,सूचना अधिकारी,जिल्ला स्थित बिभिन्न कार्यालयका सूचना अधिकारी लगाएत ,पत्रकारहरुको सहभागिता रहने नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले बताउनु भएको छ ।

उहाँले सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागी सरोकारवाला निकायलाई अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस