छ्त्रेश्वरी गाउँपालिका द्वारा यान्त्रिकीकरण मेसिन हस्तान्तरण

१७ जेष्ठ २०८०/सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिकाले यान्त्रिकीकरण मेसिन हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले बिभिन्न कृषि समुह र कृषि फर्म लाई यान्त्रिकीकरण मेसिन हस्तान्तरण गरेको हो ।

बुधबार गाउँपालिकाको कार्यालय,भोटेचौरमा यान्त्रिकीकरण मेसिन हस्तान्तरण गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले,कृषि लाई व्यवसायीकरण र प्रविधिमैत्री बनाउन गाउँपालिकाले यान्त्रिकीकरण मेसिन हस्तान्तरण गरेको बताउनु भएको छ । उहाँले कृषक लाई यान्त्रीकरण मेसिनले सहजता प्रदान गर्ने र कृषि पेशा लाइ थप रुपान्तरण गर्न पालिका सरकारले सधै सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।गाउँपालिका अध्यक्ष बुढाथोकीले मेसिनरी समानलाई उचित किसमले प्रयोग गरेर दृर्घकालिन रुपले फाइदा लिन किसानलाई अनुरोध गर्नु भयो ।

गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत कृषि शाखाको यान्त्रीकरण हस्तान्तरण प्रस्तावना मार्फत छनोट भएका कृषी समुह, कृषी फर्मलाई यान्त्रिकीकरण मेसिन हस्तान्तरण गरेको गाउँपालिका उपाध्यक्ष बुद्वा कुमारी खत्रीले बताउनु भएको छ । उहाँले ३ थान फुट स्प्रे,६ थान कर्ण सेलर,७० थान स्प्रे टंकी,८० थान प्लास्टिक सिड टर्नेल र १८ थान मिनि ट्रेलर कृषि समुह र फर्मलाई बितरण गरिएको बताउनु भयो ।

यान्त्रिकीकरण मेसिन हस्तान्तरण कार्यक्रमको सहजिकरण छत्रेश्वरी गाउँपालिका कृषी शाखा प्रमुख दिपक पुनले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस