सल्यानमा एक दिने पढाई मेला सम्पन्न

१६ जेष्ठ २०८०/सल्यान

सल्यानको शारदा नगरपालिकाले एक दिने पढाई मेला सम्पन्न गरेको छ ।

सोमबार सल्यान खलंगा लुहापिङमा भएको पढाई मेलाको उद्घाटन गर्दै पुर्व शिक्षा राज्यमन्त्री मन्त्री राजेन्द्र बहादुर शाहले शैक्षिक परिवर्तनको लागी शारदा नगरपालिकाले रचनात्मक कार्य गरेको बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाहले शारदा नगरपालिकाले संचालन गरेको पढाई मेलालाई अझै ब्यवस्थित गर्न आगामी बर्षमा नैतिक तथा बौद्धक दार्शनिक ब्यक्ति लाई ल्याएर प्रवचन दिन लगाउनु पर्ने बताउँनु भएको छ ।उहाँले शिक्षा भनेको सिक्ने कुरा भएकाले बिद्यार्थीको जिवनमा सकारात्मक परिवर्तन ल्याउने खाले बिषयलाई विद्यार्थी माझ पस्कनु लाभदायक र प्रभावकारी हुने बताउनु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले आफु निर्वाचित भएको एक बर्षको कार्यकालमा नगरपालिकाको अन्य बिकास सहित शैक्षिक क्षेत्रमा केहि सकारात्मक परिवर्तन ल्याउन आफुहरु सफल भएको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहेका भण्डारीले आफुहरु निर्वाचित भए लगत्तै शैक्षिक क्षेत्रको सुधारको लागी नगरपालिकाले बिधालय अनुगमन लाई तिब्रता दिएको र प्रत्येक बिधालयको समस्या लाई समाधान गर्न तर्फ लागेको बताउँनु भयो । नगरप्रमुख भण्डारीले नगरको समृद्धिको लागी दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले त्यसको पुर्ति गर्न शैक्षिक क्षेत्रमा धेरै बजेट बिनियोजन गरेको र त्यसको कार्यन्वयनका लागी तदारुकताका साथ लागी परेको बताउनु भयो ।

पढाई मेलामा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बवालले,नगरले गरेको एकदिने पढाई मेला उपलब्धिमुलक भएको बताउनु भयो ।उहाँले नगरका सम्पुर्ण बिधालयका शिक्षक,विद्यार्थी एकै ठाउँमा जम्मा भएर प्रत्येक बिधालयको बाताबरण र ज्ञानमुलक क्रियाकलाप लाई आदानप्रदान गर्ने अवसर मिलेको बताउनु भयो ।

शारदा नगरपालिकाकी उप प्रमुख सुस्मिता सापकोटाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा,वडा अध्यक्ष जङ्ग बहादुर बुढा, शिक्षा समिति सदस्य वीरबहादुर सेजवाल, दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपाली, रुम टु रिडका वरिष्ठ ब्यवस्थापक खड्क बहादुर कवर, रुम टु रिडका बरिस्ठ अधिकृत अनन्त वाग्ले लगाएतले शिक्षाको बिकासमा सवैले हातेमालो गर्नुको विकल्प नरहेको बताउनु भयो ।

रुम टु रिड/ दलित बिकास समाज सल्यान, संगको सहकार्यमा शारदा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा,नगरका ५४ वटा बिद्यालय बाट सहभागी बिद्यार्थीहरुले २० स्टलमा विभिन्न सामाग्री प्रदर्सन गरेको थिय ।
मेलामा बाल लाइब्रेरी, डिजिटल लाइब्रेरी, कर्नर लाइब्रेरी, हेल्थ डेस्क समेत राखिएको र ६ जना बालबालिकाले कथा बाचन, १० बिद्यालयका बिद्यार्थीले नृत्य प्रस्तुत गरेको नगरपालिकाले जनाएको छ ।

गुणस्तरीय सिकाइका लागि नबिनतम, स्तरीय र बालकेन्द्रीत सिकाइ सामाग्री निर्माण तथा प्रदर्सन गरे बाफत ५ वटा बिद्यालय लाई पुरस्कृत गरिएको छ । जसमा त्रिभुवन जन मावि लुहापिङ, प्रथम, शारदा प्रावि भगवती खोला श्रीनगर, दोस्रो, महेन्द्र रत्न मावी पिपलनेटा तेस्रो र मित्र प्याराडाइज बोर्डिङ स्कुल श्रीनगर र एम एम एकेडेमी खलंगा सान्त्वना भएका थिए ।
यस्तै कक्षा ३ का ४० जना बिद्यार्थी को पढाई मापन गरियकोमा महेन्द्र रत्न माध्यमिक बिधालयकी सलिना कवर, शिव आधारभुत बिधालयकी प्रतिभा शाह,कालिका माध्यमिक बिधालयकी गीता परियार,मोर्डन तुल्सी माध्यमिक बिधालयकी,मनिषा रोका,
शिवजन माध्यमिक विद्यालयकी अनुशा डाँगी उत्कृष्ट भएका थिए ।

कार्यक्रममा नगरपालिकाका १५ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा प्रमुख सङिता बुढा, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरु,रुम टु रिडका बरिस्ठ अधिकृत बाबुराम पोख्रेल बरिस्ठ सहायक तपेन्द्र ओलि ,शिबराज आचार्य, बिपिन सोडारी ,कार्यक्रम सहायक निरोज कोइराला लगायत सरोकारवालाहरु, विभिन्न बिद्यालयका प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमीहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संचालन रुम टुरिडका टेकराज शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस