१४ जेठ २०८०/ सल्यान
सल्यानको बागचौरमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण सुरु भएको छ ।
आइतबार सल्यानको बागचौरमा उद्घाटन भएको भागवत ज्ञान महायज्ञ सप्ताह उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख
जनकराज गौतमले,पूण्य आर्जन गर्ने, धर्म संस्कृतिको रक्षा गर्ने र बागचौर नगरपालिकाको पहिचान जोगाउनको लागी उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले, ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी बागचौर नगरपालिकाको आर्थिक सहयोगमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराणकाे आयोजना गरिएको बताउनु भयो ।उहाँले उक्त कार्यक्रममा सहभागी भैदिनको लागी सम्पुर्ण नगरवासीमा अनुरोध गर्नु भएको छ ।
जेष्ठ नागरिक सेवा समाज नेपाल जिल्ला समिति सल्यानको परामर्स तथा प्राविधिक सहयोगमा,बागचौर नगरपालिकाको आर्थिक सहयोगमा जेठ २० गते सम्म संचालन हुने,महायज्ञ सप्ताह पुराण उद्घाटन कार्यक्रममा, नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम,नगर प्रवक्ता दिपेश डि.सी,सम्पुर्ण वडा अध्यक्ष , कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि लगाएत विभिन्न संघ संस्थाका प्रमुख ,प्रतिनिधि, जेष्ठ नागरिक, आमा समूह, पण्डित, लगायत नगरवासीकाे उपस्थिति रहेको थियो ।