सल्यानको शारदा नगरपालिकामा पढाई मेला लाग्दै

१२ जेठ २०८०/सल्यान

सल्यानको शारदा नगरपालिकाले पढाई मेला संचालन गर्ने भएको छ ।

बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामग्रीको पहुँच बढाउदै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नगरपालिकाले जेठ १५ गते त्रिजमावि लुहापिङ खलंगामा पढाइ मेला कार्यक्रम गर्ने भएको हो ।

पढाई मेला बारे नगरपालिकाले सल्यान खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै शारदा नगरपालिका सल्यानका नगरप्रमुख
प्रकाश भण्डारीले पढाई मेलामा आगन्तुकहरूले लेखकहरूसँग अन्तरक्रिया गर्ने बताउनु भएको छ ।उहाँले खुला पुस्तकालयमा पढ्ने सत्रहरूको आनन्द लिने र बालबालिकालाई बालमैत्रि सामग्रीबाट सिक्ने बाताबरण समेत निर्माण गर्ने बताउनु भएको छ। मेलामा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, लेखक, संचारकर्मी तथा अन्य सरोकारवाला गरी करिब १ हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको नगरप्रमुख भण्डारीले बताउनु भएको छ ।

नगरपालिका भवनमा भएको सम्मेलनमा नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख संगीता बुढा तथा रुम टु रिडका अधिकृत बाबुराम पोख्रेलले उपस्थित पत्रकारहरुको प्रश्न जिज्ञासाको जवाफ दिनुभएको दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस