बागचौर नगरको दोस्रो मेयर कप प्रतियोगिता सम्पन्न, वडा नं.३ शिल्ड जित्न सफल

११ जेष्ठ २०८०/ सल्यान

सल्यानको बागचौर नगरपालिकामा दोस्रो मेयरकप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

जेष्ठ ७ गते देखि १० गते सम्म संचालन भएको मेयरकप प्रतियोगिता बाट वडा नं.३ ले शिल्ड जित्न सफल भएको छ ।

चार दिन सम्म संचालन भएको प्रतियोगिता बाट वडा नं. ३ ले ८ स्वर्ण, १ रजत र २ कास्य सहित प्रथम स्थान हासिल गरेकाे बागचौर नगरपालिकाले जनाएको छ । त्यस्तै वडा नं. २ ले ७ स्वर्ण, ४ रजत, र ५ कास्य सहित द्वितीय स्थान, वडा नं. १० ले ७ स्वर्ण, २ रजत ३ कास्य सहित तृतीय स्थान र वडा नं. ६ ले ५ स्वर्ण, २ रजत र १ कास्य सहित सान्त्वना स्थान हासिल गरेको हो ।

बागचौर नगरपालिकाको धार्मिक तथा पर्यटकीय स्थल वडा नं. २को अग्ला टाकुरा भ्यू टावरमा संचालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेलहरु ,संचालन गरिएको थियो ।मेयर कप प्रतियोगितामा अन्य प्रतियोगितात्मक कार्यक्रमहरु समेत संचालन गरिएको थियो । मेयरकप प्रतियोगितामा नगरका १२ वटै वडाका खेलाडीहरुको सहभागीता रहेको थियो ।

यस्तै प्रतियोगिता बाट प्रथम दोस्रो,तेस्रो हुने वडाहरुले आफ्न खेलाडीहरुलाई वडा कार्यालयको तर्फबाट सम्मान सहित धन्यवाद व्यक्त गरेका छन् । नगरमै आफ्न खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्सन गरि शिल्ड जित्न सफल भएकोमा आफुहरु खुसी भएको बागचौर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारीले बताउनु भएको छ ।उहाँले आगामी दिनमा समेत खेल क्षेत्रलाई बिकास गर्न आफ्नो वडाको तर्फबाट सकारात्मक भुमिका खेल्ने बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस