सल्यानमा स्कारपियो र मोटरसाइकल ठोकिदा ३ जना घाइते

१० जेठ २०८०/सल्यान

सल्यानमा मोटरसाइकल र स्कारपियो ठोकिदा ३ जना घाइते भएका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपलिका वडा नं.६ लान्तिमा दाङ देखि श्रीनगर तर्फ आउदै गरेको बा १६ च ६९४ नम्बरको स्कारपियो जिप र बिपरित दिशा बाट गएको रा १ प ९९०९ को मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक शारदा नगरपालिका वडा नं.१ श्रीनगर निवासी २६ बर्षिया सुमन गीरी लगाएत तिन जना ब्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार दिउसो करिब २:४५ बजे भएको उक्त दुर्घटनामा परि सोहि मोटरसाइकलको पछाडि बसेकी श्रीनगर निवासी १९ बर्षिया उमा बिष्ट र स्कारिपियो चालक दाङ जिल्ला बबई गाउँपालिका वडा नं.४ का ३४ बर्षिया गजाधर बलाम क्षेत्री घाइते भएको प्रहरीको भनाई छ ।

घाइतेहरुको उपचार श्रीनगरमा रहेको परोपकार हस्पिटलमा भईरहको अस्पताल संचालक घनश्याम अधिकारीले बताउनु भएको छ भने सवारी दुर्घटना के कारणले भएको भनेर प्रहरीले अनुसंधान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस