सल्यानमा शारदा खोलामा डुवेर २२ बर्षिय युवकको मृत्यु

८ जेठ २०८०/सल्यान

सल्यानमा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं.५ लेखपोखराका २२ बर्षिया गोविन्द कँवरको शारदा खोलामा डुबेर मृत्यु भएको हो ।

शारदा नगरपालिका वडानं. १४ तुसारेमा रहेको आफ्नो फुपूको घरमा पाहुन गएका कँवर सोमबार शारदा खोलाको दहमा नुहाउने क्रममा डुबेका थिय ।
अप्रहण ४ बजेको समयमा फुपूकि छोरीसङ्ग नुहाउन भनेर सिद्धकुमाख गाउँपालिका ३ ढोरचोर स्थित शारदा खोलामा गएका कंवर नुहाउने क्रममा खोलामा डुबेको देखेपछि स्थानियहरुले उनलाइ पानीबाट बाहिर निकाली उपचारको लागी जिल्ला अस्पताल सल्यान पुर्‍याएका थिय । बेहोस अवस्था रहेका उनलाइ जिल्ला अस्पताल सल्यानमा पुर्‍याए लगतै अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस