प्रेस सेन्टर नेपाल सल्यानको बार्षिक साधारणसभा सम्पन्न

७ जेठ २०८०/सल्यान

प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानको वार्षिक साधारण सभा
सम्पन्न भएको छ ।

शनिबार सल्यान खलंगामा भएको बार्षिक साधारणसभा कार्यक्रममा बोल्दै, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रत्न बहादुर ओलीले बर्तमान सरकारले भुटानी शरणार्थी प्रकरण लगाएत देशमा भएको भ्रष्टाचारको बिषयमा कडा कदम चालेको र त्यसलाई साथ दिनु पर्नेमा जोड दिनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ओलीले,प्रेस सन्टर र यसका शाखालाई मजबुत पार्दै पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाउनु पर्ने बताउनु भएको हो ।
उहाँले प्रेस सेन्टर नेपालको पृष्ठभुमि जनपक्षीय पत्रकारीता भएकाले त्यस तर्फ ध्यान दिन समेत सवैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्माले पत्रकारको न्युनतम हक हित र पत्रकारिता पेशालाई जिम्मेवार र जवाफदेही बनाउन संगठन लागि परेको बताउनु भयो। उहाँले पत्रकारीतालाई बलियो बनाउन अध्ययन र लेखन कार्यलाई जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डिल्लीराज रावत, दीपक शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा बोल्ने वक्ताले नेपाल पत्रकार महासंघले अघि सारेको संगठन सुदृढीकरण अभियानलाई सल्यानमा पनि कडाईका साथ लागु गर्न आग्रह गर्नु भएको छ ।

यस्तै जिल्लाका पालिकामा भएका शाखाहरुको भेला सम्मेलन नभएका पालिकामा भेला सम्मेलन गर्ने र गठन नभएका पालिकामा गठन गर्ने निर्णय समेत गरेको प्रेस सेन्टर नेपाल सल्यानका सचिव इन्द्र बुढाथोकीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस