५ जेठ २०८०/ सल्यान
नेपाल पत्रकार महासंघ सल्यानको वैठक सम्पन्न भएको छ ।
शुक्रबार सल्यान खलंगामा बसेको बैठकले,निष्कृय पत्रकारलाई नेपाल पत्रकार महासंघको साधारण सदस्यता त्यागको स्वघोषणा गर्न आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा बसेको बैठकले पत्रकार महासंघको सदस्यता लिएका तर लामो समय देखि पत्रकारितामा निशकृय रहेर,फरक पेसामा रहेकाहरुलाई साधारण सदस्यता त्यागको स्वघोषणा गर्न आग्रह गरेको छ ।
वैठकले पत्रकार महासंघको भौतिक तथा संस्थागत विकास, पत्रकारको बृद्धि विकासका लागि बिभिन्न निकायसँग साझेदारी गरेर अघि बढ्ने,आगामी जेठ २० गते भित्रमा सदस्यता नविकरण गरिसक्ने निर्णय समेत गरेको छ ।
यस्तै महासंघमा रहेका अक्षयकोष व्यवस्थापन तथा थप कार्य सम्पन्न गर्नका लागि उपाध्यक्ष सरिता चलाउने, कोषाध्यक्ष शिब डाँगी र सदस्य सञ्जिव देवकोटा रहेको समिती गठन गरेको छ ।