सल्यानमा विशेष कवि गोष्ठी सम्पन्न

४ जेठ २०८०/ सल्यान

सल्यानमा विशेष कवि  गोष्ठी सम्पन्न भएको छ ।

योगेश्वर स्मृति प्रतिष्ठानको आयोजना र त्रिभुवनजन माध्यमिक बिधालय लुहापिङ्ग खलंगाको सह-आयोजनामा भएको गोष्ठीमा दर्जन बढि कविले कविता वाचन गर्नु भएको हो ।

कविताको सामथ्र्यलाई स्वीकार गरेर कविता पढ्ने,सुन्ने सिर्जना गर्ने,प्रकाशन तथा प्रचार गर्ने उधेश्यले आयोजना गरिएको कवि गोष्ठीमा कवि,शिक्षक, विद्यार्थी र नेपाल सरकारका पूर्वमुख्य सचिवले समेत कविता वाचन गर्नु भएको थियो ।

बुधबार भएको एकदिने कवि गोष्ठीमा नेपाल सरकारका पूर्व मुख्यसचिव डा. विमल कोइराला, योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्की, नेपाली कला साहित्य डटकमका अध्यक्ष मोमिला जोशी, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, कवि डा. अमर शाहले कविता वाचन गर्नुभएको आयोजकले बताएको छ । यस्तै गोष्ठीमा कविहरु टोपबहादुर गिरी, विष्णु शर्मा, विष्णु जैसी, कृष्ण बुढाथोकी, प्रवीण भण्डारी, वीरबहादुर सेजवाल, शारदा थापा, केशवराज देवकोटा, मौसमदास श्रेष्ठ लगाएत विद्यार्थीहरु अनु खड्का, गोमा कुमाई, भानुभक्त खड्का, दिनेश बिक, सुजाता वली, सदीक्षा शाहले कविता वाचन गर्नुभएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक रुपक शाहको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका शारदा थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन साहित्यकार मौसमदास श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस