इन्फिनिटी लघुबित्तीय संस्था द्वारा मृत्यकको परिवार आर्थिक रकम हस्तान्तरण

२७ वैशाख २०८०/प्युठान

इन्फिनिटी लघुबित्त बित्तीय संस्था लिमिटेड प्युठानले मृतकको परिवार लाई ब्राह लाख बढि रकम हस्तान्तरण गरेको छ ।

गत कार्तिक २७ गते सडक दुर्घटनामा परि निधन भएका प्युठान जिल्ला प्युठान नगरपालिका वडा नं.५ पातलकटेरीका दिलाराम घर्ती क्षेत्रीको परिवारलाई उक्त रकम प्रदान गरिएको इन्फिनिटी लघुवित्तीय संस्था प्युठान बिजुवारले जनाएको छ ।

बुधबार एक कार्यक्रमका साथ लघुवित्तिय संस्था प्युठान बिजुवारका प्रवन्धक जिवन भण्डारीले मृतक घर्तीका छोरा श्यामकुमार घर्ती क्षेत्री लाई १२ लाख ७५ हजार रुपैया प्रदान गरेको बताउनु भएको छ। ०३६ नम्बर समुहका सदस्य मृतक घर्ती क्षेत्रीले ५ लाख कर्जा लिएको र उनको सडक दुर्घटनामा निधन भएपछि बिमा बापतको १२ लाख ७५ हजार उनको परिवार लाई आफुहरुले प्रदान गरेको प्रबन्धक भण्डारीले बताउनु भएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा प्युठान नगरपालिका वडा नं.५ का वडा अध्यक्ष नन्दे पुन मगर वडा सदस्य चुडामणिा क्षेत्री लगाएत सर्वसाधारण जनता र बिजुवारमा रहेका लघुबित्त सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

मृतक प्रति श्रद्धाञ्जली र परिवारजन प्रति समवेदना प्रकट गर्दै संस्थाका प्रवन्धक भण्डारीले आगामी दिनमा यस्ता घटना परेको खण्डमा आफुहरुले सहयोग गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस