बार्षिक बजेट तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

२४ वैशाख २०८०/सल्यान

उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बजेट तथा योजना तर्जुमा गोष्ठी सप्पन्न गरेको छ ।

आइतबार सल्यान खलंगा भएको गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले जनतालाई दृर्घकालिन फाइदा पुग्ने खालका कार्यक्रम लागु गर्नु पर्ने बताउनु भएको छ ।गोष्ठीका प्रमुख अतिथि समेत रहेका रावलले उधोग तथा उपभोक्ता हित संरक्षणले जिल्ला ब्यापी रुपमा गर्ने सिपमुलक कार्यक्रमका लागी सवै स्थानीय तहमा कसरी प्रभावकारी गराउने भन्ने बिषयमा आफुहरुले समन्वयको भुमिका खेल्ने बताउनु भयो ।उहाँले छोटा अवधिका सिपमुलक कार्यक्रम भन्दा,लामा अबधिका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव बढ्ने बताउनु भएको थियो ।


कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काले बार्षिक कार्यक्रमलाई सफल र प्रभावकारी बनाउनको लागी जिल्ला प्रशासन कार्यालय सल्यानले सधै समन्वयकारी भुमिकामा रहेको बताउनु भयो ।उहाँले उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयले गर्ने बजार अनुगमन लगाएतका क्षेत्रमा आफुहरुले समन्वय गर्दै आएको बताउनु भएको थियो ।

उधोग तथा उपभोक्ता हित संरक्षण सल्यानका निमित्त कार्यालय प्रमुख कपिल देव भण्डारीले कार्यालयले संचालन गर्ने कार्यक्रमहरुलाई प्रभावित पार्ने केहि जटिलताहरु भएको बताउनु भयो ।कार्यक्रमका अध्यक्ष समेत रहेका भण्डारीले कार्यालयमा ४ पाङ्ग्रे सवारी साधन नहुनु,मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रमको बजेट तथा कार्यक्रम ढिला प्राप्त हुनु लगाएत दर्जनौं समस्या रहेको बताउनु भयो ।भण्डारीले कार्यालय बाट प्रवाह गर्ने सेवा सुविधा जनतामुखी गराउन आफुहरु सधै लागी परेको बताउनु भयो ।

बिभिन्न कार्यालयका प्रमुख,प्रतिनिध,जनप्रतिनिधि,पत्रकार लगाएतको सहभागीतामा सम्पन्न बजेट तथा योजना तर्जुमा गोष्ठीमा कार्यालयका सुचना अधिकारी धुर्व खत्रीले बार्षिक बजेट तथा कार्यक्रम बारे जानकारी दिनुभएको थियो ।उहाँले उधम बिकास प्रवर्द्धन कार्यक्रम,उधमशिलता बिकास र सिप विकास तथा रोजगार सृजना कार्यक्रम,आव २०७९/०८० को दोस्रो चौमासिक अवधीको प्रगति बिवरण,बजार अनुगमनको प्रगति विवरण बारे जानकारी दिनु भएको थियो । सुचना अधिकारी खत्रीले आर्थिक बर्ष २०८०/०८१ को प्रस्तावित बजेट अन्तर्गत पूंजीगत तर्फ १ करोड ५० लाख र चालु तर्फ २ करोड ८० लाख रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस