२३ वैशाख २०८०/सल्यान
सल्यानमा यान्त्रिकीकरण सम्बन्धि तिन दिने तालिम सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यान ( रुकुम पश्चिम) को आयोजनामा भएको जिल्लास्तर उन्नत प्रविधि प्राथमिक प्रशोधन पोष्ट हार्भेष्ट ब्यबस्थापन कृषि यान्त्रिकीकरण कृषक तालिमको समापन गर्दै जोन परियोजनाका कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले तिन दिने तालिम किसानको लागी फलदायी बनेको बताउनु भयो ।उहाँले प्रत्येक आर्थिक बर्षमा आफुहरुले किसानलाई यान्त्रिकीकरण सम्बन्धिका उपकरण बितरण गर्दै आएको र त्यसको प्रयोग लाई प्रभावकारी बनाउनको लागी उक्त तालिम दिएको बताउनु भयो ।कार्यालय प्रमुख न्यौपानेले आगामी दिनहरूमा यस्ता खाले तालिमहरुको आयोजना गर्ने बताउनु भएको छ ।
तालिममा सहभागी बागचौर नगरपालिका वडा नं.२ लस्तमका देव बहादुर केसीले तालिम निकै प्रभावकारी रहेको बताउनु भएको छ ।
उहाँले हाते ट्याक्टर ( मिनि टेलर ) कसरी चलाउने,बिग्रेको खण्डमा कसरी मर्मत गर्ने भन्ने बारे आफुहरुले धेरै जानकारी लिएको बताउनु भयो ।
तालीमका प्रशिक्षक शोभाकर शर्माले पशिक्षार्थिहरुले उत्साहजनक तरिकाले सिप सिकेको बताउनु भयो ।उहाँले मिनि टेलर प्रयोग कसरी गर्ने,मर्मत संभार बारे जानकारीअनुसार दिएको बताउनु भयो ।