सल्यानको श्रीनगरमा यान्त्रिकीकरण सम्बन्धि ३ दिने तालिम सुरु

२१ वैशाख २०८०/ सल्यान

सल्यानमा यान्त्रिकीकरण कृषक तालिम सुरु गरिएको छ ।

जिल्लास्तर उन्नत प्रविधि, प्राथमिक प्रशोधन पोष्ट हार्भेष्ट व्यबस्थापन कृषि यान्त्रिकीकरण तालिमको उद्घाटन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यान रुकुम पश्चिमका कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले किसान लाई आत्मनिर्भर बनाउनको लागी तालिमको आयोजना गरेको बताउनु भएको छ ।
कार्यालय प्रमुख न्यौपानेले जोन परियोजना राष्ट्रको गौरवको आयोजना भएकाले तिन वटै सरकार संग समन्वय गरेर कृषि क्षेत्र मा काम गरिरहेको बताउनु भयो ।उहाँले कृषि क्षेत्रमा किसानलाई निर्वाहमुखी बाट विकसित गरेर ब्यवसायीमुखि गराउन आधुनिकीकरण गर्न आवश्यकता रहेको बताउनु भयो ।
तिन दिन सम्म संचालन हुने तालिममा कृषि यान्त्रिकीकरण अन्तर्गत मिनि टेलर मर्मत गरिने न्यौपानेले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै धान जोन सन्चालक समिति संयोजक नविन सिंह भडेलले,मिनि टेलर मर्मत सम्बन्धि ३ दिने तालिम उपलब्धि मुलक हुने बताउनु भयो ।उहाँले सल्यान जिल्लामा किसानहरुले पाएका मेसिनरी बस्तु बिग्रे पछि धेरै खर्च हुने र त्यसले किसानलाई आर्थिक भार थपिने भएकाले स्थानीय तह र सम्बन्धित सरोकारवाला निकायले त्यस तर्फ ध्यानदिनु पर्ने बताउनु भयो ।

वैशाख २३ गते सम्म सन्चालन हुने तालिममा जिल्लाको शारदा नगरपालिका,बागचौर नगरपालिका,शिद्व कुमाख गाउँपालिका,त्रिवेणी गाउँपालिका र कपुरकोट गाउँपालिका भित्रका करिव २३ जना किसानहरुको सहभागीता रहेको छ ।

सहभागीहरुलाई प्रशिक्षक सोभाकर शर्माले प्रशिक्षण दिने जोन कार्यालय सल्यानले जनाएको छ भने कार्यक्रमको सहजीकरण कार्यालयका नायव प्राविधिक सहायक बिनोद वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस