१९ वैशाख २०८०/ सल्यान
सल्यानको शारदा नगरपालिकाले कैदि बन्दीहरुको लागी टिभी बितरण गरेको छ ।नगरपालिकाले जिल्ला कारागार सल्यानका कैदीबन्दीहरुलाई १ थान टेलिभिजन सेट हस्तान्तरण गरेको हो ।
मंगलवार जिल्ला कारागार सल्यानमै पुगेर शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले टिभि हस्तान्तरण गर्नु भएको हो ।कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले कैदी बन्दीलाई सुचना, समाचार र मनोरञ्जन प्रदान होस भन्ने उद्देश्यले आफुले टेलिभिजन हस्तारण गरेको बताउनु भयो । उहाँले जेल जिवन बिताइ रहेका कैदीहरुले समसामयिक बिषयलाई पनि बुझ्न सकुन भन्ने उधेश्य रहेको बताउनु भयो ।
टिभी हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलधार बबाल, कारगार प्रमुख भिम बहादुर जि.सी.ले कारागारको बारेमा जानकारी दिनु भएको थियो । सोहि अवसरमा जिल्ला कारागार सल्यानको स्थलगत अवलोकन समेत गरिएको थियो