१६ बैशाख २०८०
शारदा नगरपालिका २ स्थित ग्रामीण साकोसले आयोजना गरेको कार्यशालाको उदघाटन भएको छ । १८ औ कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन कार्यशाला palm workshop को आज शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले उदघाटन गर्नु भयो ।
संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यको अध्यक्षतामा सुरु भएको कार्यशालाको उदघाटन समारोहमा नगर प्रमुख प्रकाश भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
कार्यशालामा बोल्दै नगर प्रमुख भण्डारीले बित्तीय क्षेत्रमा सहकारीले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले कार्यशालाको सफलताको शुभकामना दिनु भयो ।
संस्थाका संचालक समिति सदस्य रबिन बिस्टको स्वागत मन्तव्य रहेको समारोहमा जिल्ला सहकारी संघका अध्यक्ष केशव सिंह श्रेष्ठ, नेफ्स्कुनका कार्यक्रम अधिकृत कमलराज अधिकारीले मन्तव्य राख्नु भएको थियो । उदघाटन सत्रको समापन गर्दै संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले कार्यशालाको प्राबिधिक सहयोग गर्ने नेस्सकुन र सहभागी सबैलाइ धन्यवाद दिनु भयो ।
उदघाटन समारोहको संचालन संस्थाका सचिब सनत कुमार शर्माले गर्नु भएको थियो ।
ग्रामीण साकोस सहित विभिन्न जिल्लाका ६ सहकारीका ४३ जना कार्यशालामा सहभागी रहेका छ्न ।