मोबाइल एसएमएस द्वारा सवारी चालक अनुमति पत्र छपाई भएको जानकारी दिने

१४ वैशाख २०८०/सल्यान

यातायात व्यवस्था बिभागले मोबाइलमा एसएमएस मार्फत सवारी चालक अनुमति पत्र ( लाइसेन्स ) छपाई भएको जानकारी दिन थालेको छ ।

यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको लाइसेन्स छापिएको वा नछापिएको जानकारी लिने सेवा पुनः सञ्चालनमा ल्याए संगै सेवाग्राहीलाई मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भएको सम्बन्धी जानकारी दिन थालिएको बताइएको छ ।

 

बिभागले एक सूचना जारी गर्दै बुधबारदेखि अनलाइन फारम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रुपमा आफ्नो मोबाइल नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ ।आफ्नो सवारी चालक अनुमतिपत्र छपाइ भई कार्यालयमा गए/नगएको जानकारी विभागको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने विभागले जनाएको छ ।

यता श्रम तथा अध्ययनमा विदेश जाने नेपाली नागरिकहरु र शान्ति मिसनमा जाने नेपाली सेना एवम् नेपाल प्रहरीको सवारी चालक अनुमतिपत्र भने विभागले सवारी चालक अनुमतिपत्र दर्ता प्रणालीमा अनलाइन निवेदन दिई कुनै रुजु भएको दोस्रो दिनमा विभागको सहायता कक्षबाट उपलब्ध गराइने विभागले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस