१४ बैशाख, सल्यान
शारदा नगरपालिकाले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ ।
कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा नवपबद्र्धन साझेदारी कोष अन्तरगत “बालकेन्द्रित शिक्षा मार्फत पठन सिपमा सुधार कार्यक्रम “परियोजना बाट आज नगरपालिकाका विभिन्न १२ वटा प्राथमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई १२ थान ल्यापटप वितरण गरिएको हो ।
शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गर्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले शिक्षकलाई प्रविधिमैत्री बनाउन अभिप्रेरित गर्ने उद्देश्यले ल्यापटप वितरण गरिएको बताउनु भयो । प्रविधिको उच्चतम प्रयोग गरि शैक्षिक क्रियाकलापको संचालनमा सघाउ पुर्याउन नगरपालिकाले थप प्रविधिसंग सम्बन्धित तालिम सिपको व्यवस्थापन गरिने गरिने उहाँले बताउनु भयो ।
नगर प्रमुखको कार्यकक्षमा उपस्थित शिक्षकहरुलाई नगर प्रमुख भण्डारीका साथै प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, शिक्षा शाखा प्रमुख संगिता बुढा, योजना अधिकृत केशव बुढाथोकीले ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।