१३ वैशाख २०८०/सल्यान
सल्यानको कालिमाटी वडा नम्बर ५ बालुवामा बिधुत पुगे संगै त्यस क्षेत्रका स्थानीयहरु खुसी भएका छन् ।
मंगलवार वडा नम्बर ५को बालुवामा बिधुत उद्घाटन गर्दै कालिमाटी गाउँ पालिकाका अध्यक्ष दान बहादुर केसीले आफ्नो कार्यकाल भित्र पालिकाका सवै बस्ति टोलमा बिधुत बालि सक्ने बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले गाउँपालिका भित्रका केहि क्षेत्रहरु भौगोलिक रुपमा बिकट रहेकोले आफुहरुले सोचे अनुसार काम गर्न नसकेको बताउँनु भयो ।अध्यक्ष केसीले उज्यालो कालिमाटी अभियान अन्तर्गत,गाउँपालिकामा गत आर्थिक वर्ष शुरु भएको विद्युत योजना अन्तर्गत पालिकाकै ४८ लाख रुपैयाँ लगानीमा बालुवामा विद्युत पुगेकाे बताउनु भयो ।उहाँले बालुवामा विद्युत पुगेपनि वडा नम्बर ५ को दमदुवाली, हात्तिदमार, जुमखोला, मधुवन, काल्चे डाँडामा विद्युत विस्तार हुन बाँकी रहेको र त्यसलाई पनि तत्काल पुरा गर्ने बताउनु भएको छ ।
गाउँपालिका भित्र वडा नं.७ बाहेक अन्य सवै वडामा बिधुत पुगिसकेको कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत
कृष्ण प्रसाद पौड्यालले बताउनु भएको छ । पौडेलले वडा सम्म बिधुत पुगेपनि, वस्ती र घरधुरीमा विद्युत विस्तार हुन बाँकी रहेको बताउँनु भएको छ । गाउँपालिका र पुरन्धारा सामुदायीक विद्युत सहकारी संस्था लिमिटेडको सहकार्यमा विद्युत विस्तार अभियान सञ्चालन हुदै आएको उहाँको भनाइ छ ।
मंगलबार बालुवामा विद्युत उद्घाटन भएसंगै त्यस क्षेत्रका करिव २ सय घरधुरी लाभान्वित भएका छन् ।विद्युत उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष टोप बहादुर घर्ती सहित अन्य वडाका वडाध्यक्षहरु, तुलसिपुर विद्युत वितरण केन्द्र र विद्युत सहकारीका प्रतिनिधी लगाएतको पनि सहभागिता थियो ।