गायत चेतन राईको एल्बम स्टेजको विमोचन संगै कुपिण्डेतालैमा गितको म्युजिक भिडियो रिलिज ।

१२ बैशाख, सल्यान

गायक चेतन राईको एल्बमस्टेजको विमोचन तथा कुपिण्डेतालैमा बोलको गितको म्युजिक भिडियो रिलिज भएको छ ।
आज एक कार्यक्रमका विच खलंगामा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले एल्वम स्टेजको विमोचन गर्नुभयो ।
सोही अवसरमा शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सविन हमालले उक्त एल्वम भित्र समावेश कुपिण्डेतालैमा बोलको गितको रिलिज गर्नुभयो ।
शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकाको सहयोग समेत रहेको म्युजिक भिडियोमा सल्यानका विभिन्न धार्मीैक तथा पर्यटकीय स्थलहरुलाई गितको माध्यमबाट प्रस्तुत गरिएको छ ।
गायक चेतन राईको शव्द संगीत तथा मनोज थापा मगरको एरेन्ज रहेको गितमा गायक चेतन राई र रचना रिमालको आवाज रहेको छ ।
नेहा तामाङ, अभिलासा सिंह, मनिषा बस्नेत, संयम सिंह, नविन थापा, आभाष भटट्राई , प्रकाश लामिछाने र पितिका सिंहको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन फराज अर्पनले गर्नुभएको छ ।


गितको विमोचन पश्चात बोल्दै गायक चेतन राईले जिल्लालाई चिनाउने उद्धेश्यले स्थानीय तह संगको सहकार्यमा म्युजिक भिडियो बनाईएको र गितलाई सबैले माया गरिदिन आग्रह गर्नुभयो ।
रिलिज कार्यक्रमका प्रमुख अतिथि तथा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, वडाअध्यक्ष सविन हमालले गितको सफलताको शुभकामना दिनुभयो ।विमोचन समारोहमा अतिथिको रुपमा उपस्थित लायन्स क्लव सल्यानका अध्यक्ष प्राण राइले गायक चेतन राईलाई कदरपत्र सहित सम्मान गर्दै गितको सफलताको शुभकामना दिनुभयो ।
गायक चेतन राईको अध्त्तयक्षता रहेको विमोचन कार्यक्रमको संचालन प्रकाश नेपालीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस