सल्यानमा गाडी दुर्घटना ५ जना घाइते

११ वैशाख २०८०/सल्यान

सल्यानमा डवलक्याप गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

जिल्लाको छत्रेश्‍वरी गाउँपालिका वडा नं. ६ कल्लेखोलामा भएको
डवलक्याप दुर्घटनामा परि पाँच जना यात्रु घाइते भएका हुन ।

लु १ ज ९७२७ नम्बरको गाडी दुर्घटना हुँदा एकै ठाउँका पाँच जना यात्रु घाइते भएका हुनु ।घाइते हुनेहरुमा शारदा नगरपालिका वडा नं. १२ अम्राईटाकुरा निवासी ५८ बर्षिया गोमा बोहोरा,२९ बर्षिया सागर बोहोरा लगाएतका छन् ।यस्तै घाइतेहुनेहरुमा सोही ठाउँ निवासी ३८ बर्षिया कमला बुढाथोकी,३३ बर्षिया गोबिन्द बोहोरा र ४३ बर्षिया गोपिलाल बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको फलाबाङ देखी,श्रीनगर तर्फ जादै उक्त गाडि दुर्घटना भएको र गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएर उत्तानो परेको प्रहरीको भनाई छ । घाइतेहरुको उपचार
श्रीनगरमा रहेको कान्तिपुर सामुदायिक अस्पतालमा भैरहेको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस