६ वैशाख २०८०/ सल्यान
सल्यानको बागचौरमा फलफूल प्रशोधन सम्बन्धि ३५ दिने तालीम सम्पन्न भएको छ ।
नेत्रलाल बहुप्राविधिक शिक्षालय सल्यानको आयोजना,वडा कार्यालयको सह-आयोजनामा वडा नं.७ टाट्केमा भएको तालिमको समापन गर्दै बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा डिसी ( वली) ले गरिवि र बेरोजगारी लाई हटाउन उत्पादन र सिपमुलक तालीमको आवश्यकता पर्ने बताउनु भएको छ । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी डिसी ( वली) ले फलफूल प्रशोधन सम्बन्धि तालिम जिल्लामा मै पहिलोपटक भएको बताउनु भएको छ ।उहाँले तालिमको महत्त्व बुझेर अगाडि बढ्न सहभागीहरुलाई आग्रह गर्नु भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै बागचौर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगीले तालिममा सिकेका कुरालाई व्यबहारमा लागु गर्न सहभागीहरुलाई अनुरोध गर्नु भएको छ ।समापन कार्यक्रमका सभा अध्यक्ष समेत रहनुभएका डिसीले आफ्नो वडामा फलफूल प्रशोधन सम्बन्धि तालिम दिने नेत्रलाल बहुप्राविधिक शिक्षालयलाई धन्यवाद दिनु भएको थियो ।
२०७९ फागुन २ गते देखि संचालित उक्त तालिममा कागतीको भेनेगार, कागती अचार, आलु चिप्स, कुपिण्डो पेडा (मिठाइँ), सकरखण्डको चना, निबुवाको मिठाइँ, अमिलाको मार्मलेट, अमिलाको जुस, फर्सीको जुस, मौसमको जुस, खुर्सानीको चिल्ली सस्, टमाटर सस्, मिश्रित अचार (काउली, गाजर, बन्दा, मुला), अमलाको अचार, स्याउको जाम, स्याउको जेली, स्याउको साइडर, लालिगुराँसको जुस, फर्सीको केचअप लगायतका परिकार बनाउन सिकाईएको प्रशिक्षक इन्द्र कुमार शर्माले बताउनु भएको छ् ।
२० जना प्रशिक्षार्थी रहेको उक्त तालिमले आफुहरुलाई धेरै कुराको ज्ञान दिलाएको सहभागीले बताएका छन ।उनिहरुले आगामी दिनमा यस्ता कार्यक्रमहरु संचालन गर्न स्थानीय सरकारलाई आग्रह गरेका हुन ।