दक्षिण भारतीय सुपरस्टार अजित कुमार नेपालमा

४ वैशाख २०८०/सल्यान

तमिल सिनेमा उद्योगका चर्चित अभिनेता अजित कुमार नेपाल आइपुगेका छन् ।

दक्षिण भारतीय सुपरस्टार अजित कुमार मोटरसाइकलको यात्रामा नेपाल आइपुगेका हुन ।

गत वर्ष मोटरसाइकल हाँक्दै थाइल्याण्ड पुगेका अजित कुमार यस बर्ष नेपाल आएका छन् ।आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका छन् । बाइकसहित उनी केही सहयोगीसँग पूर्वी नेपालमा आइपुगेका हुन् ।

कार र मोटरसाइकल संकलनका शौखिन अभिनेता नेपाल आइपुगे पछि उनका फ्यानले भिडियो र तस्वीरलाई सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । फिल्म छायांकन नभएर उनको नेपाल आगमन बाइक राइडिङ रहेको हुन सक्ने अनुमान गरिएको छ ।

गत वर्ष उनी अभिनित ‘भलिमाई’ नेपालमा समेत रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस