सल्यानको बागचौरमा रुद्रमधु डीसीले तोडे अनशन

२ वैशाख २०८०/सल्यान

सल्यान बागचौरमा अनशन बसेका एक ब्यक्तिले अनशन तोडेका छ्न ।


शुक्रवार बेलुका देखी बिभिन्न माग राख्दै अनशन बसेका बागचौर नगरपालिका वडा नं.२ लस्तमका रुद्रमधु डिसी शनिबार अनशन तोडेको बताइएको छ ।

नगरपालिका वडा नं.२ लस्तम अग्लाटाकुरा भ्युटावरमामा रहेको पर्यटकीय तथा धार्मिक स्थलको मन्दीरमा आफ्नो लगानीमा विभिन्न संरचनाहरु बनाएको र त्यस बापतको रकम माग गर्दै शुक्रबार साझ ७ बजे देखि डिसी अनसन बसेका थिए ।

अनसन बसेको स्थानमा पुगी बागचौर नगरप्रमुख जनकराज गौतमले डिसीका जायज मागलाई आफुहरुले पुरा गर्ने बताएपछि डिसीले अनशन तोडेको बागचौर नगरपालिकाले जनाएको छ ।
डिसीले आफुले निर्माण गरेको संरचनाहरुको बाकी रकम पाउनु पर्ने,
भ्युटावरमा भजनका सामाग्री, पन्जे बाजाका सामाग्री खरिद गर्ने, भजन टिमको जिम्मा आफुलाई दिनु पर्ने लगाएतका माग राखेका थिय ।

प्रतिक्रिया दिनुहोस