२७ चैत २०७९/सल्यान
सल्यानका प्रमुख जिल्ला अधिकारी र पत्रकार बिच भेटघाटका साथ छलफल कार्यक्रम सम्पन्न भएको छ ।
भखर मात्र सल्यान आउनुभएका प्रमुख जिल्ला अधिकारी बेद प्रशाद खरेल र जिल्ला स्थित बिभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरु बिच जिल्लाको समसामयिक अवस्था बारे छलफल गरिएको थियो ।
छलफल कार्यक्रममा बोल्दै सल्यानका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले पत्रकार समाजका ऐना भएको बताउनुभएको छ ।उहाँले समाजमा लुकेर बसेका नागरिकको आवाज बोल्ने काम मिडिया र पत्रकारले गर्ने भन्दै पत्रकारलाई समाजको ऐनाको रुपमा लिइएको बताउनु भयो ।
खरेलले आफु जिल्लामा रहदा सम्म जनचासोका बिषयमा काम गर्ने बताउनुभएको हो ।उहाँले पत्रकार लाई सत्यतथ्य र निशपक्ष समाचार लेख्न समेत आग्रह गर्नु भयो ।