सल्यानमा एम्बुलेन्स चालकले गरे सडक मर्मत

२६ चैत २०७९/सल्यान

सल्यानमा एम्बुलेन्स चालकहरुले सडक मर्मत गरेका छन् ।

जिल्ला अस्पताल सल्यानको प्रवेशक्षेत्र र इमर्जेन्सी कक्ष जाने सडक मर्मत गरिएको बताइएको छ।

लामो समयदेखी सडक मर्मत नहुदा खाल्डाखुल्डी भएको र यसले विरामी तथा बिरामी बोकेको सवारीसाधनलाई आवतजावतमा समस्या भएपछि संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ सल्यानको आयोजनामा सडक मर्मत गरिएको अध्यक्ष ओम बहादुर जिसीले बताउनु भयो ।

महिनौ बितिसक्दा पनि सरोकारवालाको ध्यान नजानु र अस्पताल क्षेत्रको बाटोको अवस्था दिनहु नाजुक बन्दै गएको हुनले आफुहरुले सडक मर्मत गरेको जिसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस