२५ चैत सल्यान
सल्यानमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा वर्डलिंकको कार्यालयमा कार्यरत शारदा नगरपालिका २ डाडाँगाउँ निवासी अन्दाजी ४२ वर्षीय प्रलाद शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिवार दिउँसो छत्रेश्वरी गाउँपालिका १ दमाचौरमा वर्डलिंकको फाइबर लाइन विस्तार गर्न विजुलीको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागि गम्भीर घाइते शाहको स्थानीय दिघार्यू मेडिकलमा सामान्य उपचार पछि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारीगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।