रेडियो तहल्काको ८ औ बार्षिक उत्सव सम्पन्न

२१ चैत २०७९/सल्यान

रेडियो तहल्का एफएम सल्यानले आफ्नो ८ औ बार्षिक उत्सव एक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

८ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शारदा नगरपालिका सल्यानका नगरप्रमुख प्रकाश भण्डारीले सल्यान जिल्लाको बिकास र समृद्धिको लागी रेडियोको भुमिका महत्त्वपूर्ण रहेको बताउँनु भयो ।उहाँले सल्यानका सम्पुर्ण भूगोलमा सुचना सन्चारलाई प्रभावकारी ढंगले संप्रेसन गर्ने माध्यम रेडियोनै भएको बताउँनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खनाल, पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष रमेश कुमार गौतम, सनत कुमार शर्मा, प्रतिक इच्छुक शर्मा, पुर्व सचिव पुरुषोत्तम गिरी, गैर सरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र कुमार शाही, सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकाय लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

रेडियोका अध्यक्ष डिल्लीराज रावतको सभाअध्यक्षता,संस्थाका सहसचिव सुकदेव कसेराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पत्रकार जिवन यरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस