सल्यानमा स्थायी शिक्षकहरुलाई नियुक्ति पत्र दिने कार्यक्रम सम्पन्न

२० चैत २०७९/सल्यान

सल्यानमा प्राथमिक तहमा स्थायी हुने शिक्षकहरुलाई नियुक्ति दिइएको छ ।


सोमबार सल्यान खलंगामा भएको स्थायी हुने शिक्षकहरुलाई नियुक्ति दिने तथा पदस्थापना गर्ने कार्यक्रम बाट १ सय ५६ जना शिक्षक,शिक्षिकालाई नियुक्ति दिइएको हो ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलको अध्यक्षतामा भएको कार्यक्रममा, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य टेक ब. डि.सी, नेपाल शिक्षक संघ सल्यान जिल्ला अध्यक्ष बामदेब अधिकारी, शिक्षक संघ सल्यानका अध्यक्ष मधुसूदन गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानका अध्यक्ष हिरालाल नेपाली, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष टिकाराम आचार्य, नेपाल शिक्षक संघ जिल्ला सचिव ललित पुन लगायतले शुभकामना तथा बधाई मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षा बिकास तथा समन्वय इकाई सल्यानका प्रमुख लाल बहादुर घर्तीले गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस