सल्यानको बागचौरमा पशुपंक्षीको लागी निशुल्क औसधि बितरण

१९ चैत २०७९/ सल्यान

सल्यानमा ६ सय किसानलाई निशुल्क औषधि वितरण गरिएको छ ।

बागचौर नगरपालिकाको आयोजनामा २ स्थानमा भएको पशु स्वास्थ्य शिविर बाट नगरभित्रका पशुपालक किसानलाई निशुल्क औषधि बितरण गरिएको बागचौर नगरपालिकाले जनाएको छ ।।

शनिबार नगरको वडा नं.७ कोटवारा टाट्केमा भएको शिविर बाट वडा नं.२,६,७,८,९ र आइतबार वडा नं.१२ बाफुखोला दोभानबजारमा भएको शिविर बाट ११ र १२ का ६ सय किसानका करिब २४ हजार पशुपंक्षीको लागी निशुल्क औषधि वितरण गरिएको बागचौर नगरपालिका पशु सेवाका शाखा प्रमुख टेकबहादुर बस्नेतले बताउँनु भएको छ । बस्नेतले नगरबासीलाई भौगोलिक दुरिले हुने असहजता लाई मध्यनजर गर्दै आफुहरुले सवैलाई पाएक पर्ने स्थानमा शिविर संचालन गरेको बताउनु भएको छ ।

२ दिन छुटा छुटै स्थानमा भएको शिविरबाट पशुमा लाग्ने रोग अन्तर्गत आन्तरिक तथा बाहिरी परजीवी नियन्त्रण,रेविज खोप,भैसीहरुमा रातो पिसाब फेर्ने समस्या लगाएतका रोगहरुको लागि निशुल्क रुपमा औषधि वितरण गरिएको पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक लोकेन्द्र डाँगीले बताउँनु भएको छ ।उहाँले प्रभावकारी तरिकाले निशुल्क रुपमा औषधि बितरण गरेको बताउनु भयो ।

 

बागचौर पशु सेवा शाखाका प्राविधिक कर्मचारी र वडा कार्यालयको समन्वयमा भएको शिविरले वडा बासी पशुपालक किसानहरुमा खुसी थपेको बागचौर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष टिकाराम वलीले बताउनु भएको छ ।उहाँले वडा बासीको सेवाका लागी आगामी दिनमा यस्ता कार्यक्रमहरु संचालन गर्दै जाने बताउँनु भयो ।

आफ्नो घर आगन बाट सेवा लिन पाउदा आफुहरु खुसी रहेको बागचौर नगरपालिका वडा नं.१२ का पशुपालक कृषक बिमला वलीले बताउनु भयो

प्रतिक्रिया दिनुहोस