१५ चैत २०७९/सल्यान
सल्यानमा पहिलो पटक चैते धान रोपिएको छ ।
जिल्लाको कुमाख गाउँपालिका २ रागेचौरमा परिक्षणका लागी ३ रोपनी खेतमा चैते धान रोपाइ गरिएको छ ।
धान उत्पादनमा आत्मनिर्भर रहेको सल्यानमा निर्यातलाई मुख्य उद्देश्य राखेर परीक्षणका लागी पहिलोपटक चैते धान रोपिएको हो। बर्खे धानभन्दा चैते धानको उत्पादन २० देखि ३० प्रतिशतले बढी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ सल्यानका हेमन्त रावतले जानकारी दिनु भएको छ ।उहाँका अनुसार परिक्षणका लागी ५ जातका धान रोपिएको छ ।
रावलले पर्याप्त पानीको अभावमा जमिन बाँझो राख्ने क्रमलाई रोक्न, खाद्य सुरक्षामा टेवा पुर्याउन र चामलको आयात प्रतिस्थापन गर्न चैते धानको सम्भाव्यता अध्ययन भइरहेको बताउनु भयो ।
बाह्रै महिना सिँचाइको व्यवस्था भएकाले चैते धान राम्रो हुन सक्ने किसान वीरबहादुर बुढाथोकीले बताउनु भयो । कार्यालयले समयमै निःशुल्क परामर्श, मल वीउ उपलब्ध गरायो भने चैते धान लगाउन तयार भएको उहाँको भनाइ छ।