सल्यानको बागचौरमा सिचाइ योजनाको शिलान्यास

१४ चैत २०७९/ सल्यान

सल्यानको बागचौरमा सिचाइ योजनाको शिलान्यास गरिएको छ ।


नगरको वडा नं.२ मा पर्ने फारुला,तिवाचौर,पाँचगैरे सिचाइ योजनाको शिलान्यास गरिएको हो ।

मंगलवार सिचाइ योजनाको शिलान्यास गर्दै बागचौर नगरप्रमुख जनकराज गौतमले किसानका लागी उक्त योजनाको महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।उहाँले याेजना समयमै सम्पन्न गर्न निर्माण समितिलाई निर्देशन दिनुभएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले बागचौर नगरपालिका भित्रका ७० भन्दा बढि घरधुरी कृषकलाई परिवारलाई राहत मिल्ने बताउनु भयो ।
उक्त शिलान्यास कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रबक्ता दिपेश डि.सी, कार्यपालिका सदस्य रेशम बि.क, वडा सदस्य माेहन डाँगी, प्राविधिक खकेन्द्र वली, निर्माण समितिका पदाधिकारी, स्थानीय, लगायत वडावासीहरुकाे सहभागीता रहेको थियाे ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरण (NCCSP2) काे ५८ लाख ८० हजार ६ सय २६ र बागचाैर नगरपालिकाकाे २ लाख ५९ हजार ३ सय ४४ र जनश्रमदान ११ लाख १८ हजार ४ सय ४२ रुपैयाँ गरी कुल ७२ लाख ५८ हजार ४ सय १२ रुपैयाँ लागतमा उक्त सिँचाइ योजनाको कार्य थालनी भएको हो ।

उक्त सिचाइ योजनाको काम आगामी असार १५ गते सम्म सम्पन्न गरि सक्ने निर्माण समितिका अध्यक्ष दिपक डिसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस