सल्यानको दार्मामा कक्षाकोठामा कला सम्बन्धि तालिमको समापन

१२ चैत २०७९/ सल्यान

सल्यानको दार्मा गाउँपालिकामा संचालित कक्षा कोठामा कला सम्बन्धि ५ दिने तालीमको एक कार्यक्रमका बिच समापन गरिएको छ ।

आइतबार भएको समापन कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले कक्षा कोठामा कला सम्बन्धि तालिमले दार्माको शैक्षिक बिकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भएको छ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले गाउँपालिकाको आयोजनामा गरिएको कार्यक्रमले शिक्षण सिकाइमा रुचि बढाउनुका साथै गाउँपालिका भित्र अभिनयको क्षेत्रलाई ब्यापक बनाएर नाट्य समुह उत्पादन गर्ने रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका शिक्षा शाखा तथा खेलकुद शाखा प्रमुख रोम प्रशाद पाण्डेले शैक्षिक अवस्था बदल्नको लागी नयाँ प्रयास भएको बताउनु भयो ।कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पाण्डेले तालीममा सहभागी शिक्षक शिक्षिकाहरुलाई सिकेका कुरालाई बिधालयमा लागु गर्न अनुरोध गर्नु भयो ।

समापन कार्यक्रममा दार्मा गाउँपालिकाका उपाध्यक्ष जुन मल्ल,प्रमुख प्रशासकीय अधिकृत रेशम ओली लगाएतको सहभागिता रहेको थियो । पाँच दिन सम्म संचालन भएको तालिमका प्रशिक्षक सुरेश चन्दले नयाँ ढंग बाट शैक्षिक क्षेत्रको बिकास गर्न तालीमको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।उहाँले कक्षामा नाटकीय ढंग बाट शिक्षण सिकाइ गराउदा बिद्यार्थीको स्मरण शक्ति समेत वृद्धि हुने बताउदै यस्ता कार्यक्रम जिल्लाका दशै स्थानीय तहमा संचालन गर्न आवश्यकता रहेको बताउनु भयो ।

उक्त तालिममा दार्मा गाउँपालिका भित्रका १० बिधालयका १० जना शिक्षकको सहभागिता रहेको थियो भने सहभागी शिक्षक शिक्षिकाहरुले सन्देशमुलक नाटक प्रस्तुत गर्नु भएको थियो ।समापन कार्यक्रमको सहजीकरण जनज्योति माध्यमिक बिधालय फारुलाचौरका प्रधानाध्यापक मिन बहादुर वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस