सल्यानको श्रीनगरमा कर शिक्षा तथा सचेतना कार्यक्रम संचालन

११ चैत २०७९/ सल्यान

सल्यानमा कर शिक्षा तथा सचेतना कार्यक्रम संचालन गरिएको छ ।

शनिबार सल्यान उधोग बाणिज्य संघ सल्यानको आयोजना र करदाता सेवा कार्यालय सल्यानको सहयोगमा शारदा नगरपालिका १ श्रीनगरमा कर शिक्षा तथा सचेतना कार्यक्रम संचालन गरिएको हो ।

सल्यान उधोग बाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि करदाता सेवा कार्यालय सल्यानका प्रमुख कविन्द्र प्रशाद लम्सालले कर शिक्षा तथा सचेतना कार्यक्रमको उधेश्य प्रष्ट पार्नु भएको थियो ।उहाँले आजको परिस्थितिमा कर सम्बन्धि जानकार हुन जरुरत रहेको बताउनु भयो ।
कार्यक्रममा कार्यालयका सूचना अधिकृत बिष्णु खड्काले,आयकर, भ्याट अन्त शुल्क र मिस म्याच सम्बन्धि सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

सल्यान उधोगबाणिज्य संघ सल्यानका बरिस्ठ उपाध्यक्ष विरेन्द्र कुमार श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा उधोगबाणिज्य सल्यानका पदाधिकारी,ब्यापारी लगाएत स्थानीयको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन सल्यान उधोग बाणिज्य संघ सल्यानका महासचिव मोहन सारुले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस