९ चैत २०७९/सल्यान
सल्यानमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको शारदा नगरपालिका वडा नं.१ श्रीनगर दारिमचौरका ५० बर्षिय डिल्ली बहादुर चनाराको घरको छतबाट खसेर मृत्यु भएको हो ।
शारदा नगरपालिका १ श्रीनगर बजारमा घर ढलान गर्ने सेप्टी बनाउनेक्रममा सेप्टीबाट चिप्लिएर घाइते भएका चनाराको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहिवार भएको उक्त घटनमा चनाराको टाउकोमा गहिरो चोट लाग्दा बेहोस भएका थिए । छतबाट लडेर बेहोस भएका चनारालाई स्थानीयले परोपकार अस्पताल श्रीनगरमा लगेका थिए ।