सल्यानको दार्मामा पाँच दिने कक्षाकोठा कला संचालन

९ चैत २०७९/ सल्यान

सल्यानको दार्मा गाउँपालिकाले कक्षा कोठामा कला सम्बन्धि ५ दिने तालीम सुरु गरेको छ ।

बुधबार देखि सुरु भएको पाँच दिने तालिमको उद्घाटन गर्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले उक्त तालीमले गाउँपालिका भित्र लुकेर रहेका कला साहित्य र प्रतिभालाई उजागर गर्ने बताउनु भएको छ ।

केसीले गाउँ सभाबाट नीति तथा वजेटको ब्यबस्थापन गरिएको र बिद्यार्थीको प्रतिभालाई बढाउनको लागीनाटकिय माध्यामबट शिक्षण गरि दिगो बनाउने बताउनु भयो ।

सहभागीहरुलाई कार्यक्रमको औचित्य बारे जानकारी दिदै प्रशिक्षक सुरेश चन्दले बिधालय सम्पुर्ण प्रतिभाहरुको साझा चौतारी भएको बताउनु भयो ।पहिचानको खोजिका सहजकर्ता समेत रहेका चन्दले कक्षा कोठामा नाटकको माध्यमबाट शिक्षण कसरी गर्र्न सकिन्छ भनेर जानकारी दिनु भएको थियो ।

दार्मा गाउपालिकाको आयोजना र स्पेस (पहिचानको खोजि) संस्थाकोको सहोयगमा ५ दिने तालिम संचालन हुने र गाउँपालिका भित्रका ३६ वटा विद्यालयबाट प्रतिनिधित्व हुनेगरि मा वि र नि मा वि का १० जनाको सहभागिता रहेको गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस