सल्यानमा १ पसलमा आगलागी ५ जना घाइते

७ चैत २०७९/सल्यान

सल्यानमा एक पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।
जिल्लाको कुमाख गाउँपालिका वडा नं.४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा ५ जना घाइते भएका हुन् ।

गएराती शंकर रानाको किराना पसलमा एक्कासी आगलागि हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आगलागिमा परी पसल शाहु कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, स्थानीय २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भएको छ

घाइतेहरुको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको उहाँको भनाई छ । घाइते ५ जना मध्ये शंकर, यज्ञ जीवन र संजिवको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस