०५ चैत २०७९/ सल्यान
कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानले उत्पादन गरेको अदुवा, बेसार र टिमुरको बजारीकरणमा समस्या नहुने बताउनु भएको छ ।
आइतबार सल्यान खलंगामा आयोजित कर्णाली प्रदेशको खाद्य अधिकार तथा सम्प्रभुता ऎन तथा नियमावली सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।अदुवाले बजार नपाएको भन्दै व्यापक गुनासो आइरहदा मन्त्री शर्माले भने बजारीकरणका लागि अव प्रदेश सरकारले पहल गर्ने बताउनु भयो । किसान सहकारी र व्यापारीको च्यानलबाट गएमा अदुवा बेसार बजारीकरणमा कुनै समस्या नहुने उहाँले बताउनु भयो । मन्त्री शर्मले किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको बजारका लागि सहकारीले जिम्मा लिने र सहकारीको जिम्मा प्रदेश सरकार र व्यापारीले लिने वातावरण निर्माण गरेमा यो समस्या समाधान गर्न सकिने बताउदै, किसानले उत्पादन गर्दै आएको उत्पादनको निर्यातका लागि भारतीय बजार कुर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न प्रदेश सरकारले प्रदेशमै खोलिएका विभिन्न कम्पनीसँग समन्वय गरी रहेको बताउनु भयो ।
कार्यक्रममा उहाँले कर्णालीले आयात मात्र होइन निर्यात पनि गर्छ भन्ने उदाहरण दिने काम गर्न सबै लाग्नु पर्नेबताउनु भयो ।