०३ चैत २०७९/सल्यान
नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित हुनु भएको छ ।
शुक्रबार भएको उपराष्टपतिको निर्वाचनमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको हो ।
यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यादवले ३० हजार ३सय २८ मतप्राप्त गरेर बिजयी हुनुभएको हो । यादवले संघीय संसद तर्फ १४ हजार ५सय३६ र प्रदेशसभातर्फ १५ हजार ७सय ९२ मत पाउनु भएको छ ।
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित हुनुभएको हो ।
यस्तै यादवका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार १सय १२ र संघीय संसद्तर्फ ८ हजार २सय१६ गरी कुल १६ हजार ३सय२८ मत प्राप्त गर्नुभएको छ। जनमत पार्टी बाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७सय२० र संघतर्फ १ हजार ८सय१७ गरी २ हजार ५सय३७ मत प्राप्त गर्नु भएको छ ।
यस्तै आफ्नो उम्मेदवारी निष्क्रिय रहेको घोषण गरेकी जनता समाजवादी पार्टीकी उम्मेदवार प्रमिला कुमारीले ४८ मत प्राप्त गर्नु भएको छ ।