एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय अध्यक्षमा शंकर अधिकारी

०२ चैत्र २०७९/सल्यान

एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय अध्यक्षमा शंकर अधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

फागुन २९ र ३० गते काठमाण्डौमा भएको संगठनको छैठौं राष्ट्रिय महाधिवेशन बाट अधिकारी अध्यक्ष बन्नु भएको हो ।यस्तै संगठनको उपाध्यक्षमा मानबहादुर पाण्डे,झपिन्द्र क्षेत्री, निम बहादुर के.सी,चेतना रेग्मी,पुष्प न्यौपाने, किरण यादव, रेश्मिलाल चपाइ, देविदत्त यादव रहनुभएको छ ।
महासचिवमा कुलप्रसाद खतिवडा,अर्थ उपमहासचिव गणेशप्रसाद रिजाल लगायतका पदाधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

यस्तै संगठनको केन्द्रिय उपाध्यक्षमा सल्यानका निम बहादुर केसी र केन्द्रिय सदस्यमा टेकबहादुर डीसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । निर्वाचित केसीले आफ्नो कार्यकालमा देशको शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न लागी पर्ने बताउनु भएको छ ।उपाध्यक्ष केसीले अखिल नेपाल शिक्षक संगठन फरक धारबाट आएको शक्ति भएकाले देशको शैक्षिक सुधारमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।

संगठनको छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्कमल दाहाल ( प्रचण्ड ) ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस