सल्यनमा भरुवा बन्दुक पट्कदा एकजनाको मृत्यु

३० फागुन २०७९/सल्यान

सल्यानमा भरुवा बन्दुक पट्किदा एक जनाको ज्यान गएको छ ।

भरुवा बन्दुक पट्किएर गोली लाग्दा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं.९ स्वाराका अन्दाजी १६ बर्षिया चित्र बहादुर रावतको मृत्यु भएको हो ।

नगरपालिका वडा नं. ९ स्वारा नजिकैको जंगलमा सोमबार बेलुका साढे ५ बजेतिर शिकार खेल्न गएको समयमा संगैको साथीले बोकेको बन्दुक पट्किदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।बन्दुकको गोली पेट र घाटिमा लागी घाइते भएका चित्र बहादुरलाइ औषधि उपचारको लागि गाडीमा सुर्खेत तर्फ लिदै गर्दा सोहि नगरपालिकाको वडा नं. ७ ओरघाटमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

नजिकैको बाहुननाका जंगलमा शिकार खेल्न गएका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर, १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको र घटना पश्चात प्रहरी घटनास्थलमा पुगेको र शवलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको बताइएको छ ।घटना घटाउने आइते रावत लाई प्रहरीले स्वाराजिउला बाट नियन्त्रणमा लिएको, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर सन्तोष खनालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस